Close sidebar

जानकीमा वृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाइयो

२०८२ जेष्ठ २३ गते, बिहीबार १८:५६

मो. ताहिर शेष राई (साहिल)
मानपुर । विश्व वातावरण दिवस २०८२ बाँकेमा पनि विभिन्न कार्यक्रम गरि आज भव्य रूपमा मनाइएको छ । दिवसको अवसरमा जानकी गाउँपालिका वातावरण तथा विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा बिहिवार पालिकको परिसरमा विभिन्न जातका बोट-बिरुवा रोपण गरेर दिवस मनाइएको हो ।कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष समीर प्रताप सिंहलाई विपद् व्यवस्थापन सम्बन्धि आगलागी उपकरण समेत हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष खाँले प्लाष्टिक जन्य पदार्थले वातावरणमा समेत असर पुर्‍याउने हुँदा नेपाल सरकारले प्लाष्टिकको झोला, प्लास्टिकको माला निर्मूलको अभियान सुरु गरिसकेको बाताउनुभयो । उहाँले विकासलाई वातावरणमैत्री बनाउन वृक्षारोपण आवश्यक रहेकाले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको उल्लेख गरे ।वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रममा दिवसको शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्राण गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार वन जङ्गलको संरक्षण, संवर्द्धन र वन विकासमा टेवा पुर्‍याउने उद्देश्यले वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको बताए ।

गाउँपालिका योजना शाखा अधिकृत सोभा पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वातावरण तथा विपद व्यवस्थापन समितिका अधिकृत राजेन्द्र बाजपेयीले कार्यक्रम सञ्चालन गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।कार्यक्रममा जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, वडा नम्बर १ देखि ६ वटैका वडाअध्यक्षद्वयहरु, मिलापका कार्यकारी निर्देशक राजेन्द्र थापा, मिलापका कार्यक्रम अधिकृत प्रेमा रोकाय, विभिन्न संघसंस्थाका अध्यक्षहरु, समाजसेवी, कर्मचारी, प्रहरी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया