Close sidebar

पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आईपीएल को उपाधि आरसीबीलाई

२०८२ जेष्ठ २२ गते, बुधबार ०२:०८

काठमाण्डौ । १८ वर्षको लामो प्रतीक्षापछि रॉयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले अन्ततः आफ्नो पहिलो इण्डियन प्रिमियर लिग (आईपीएल) उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै उपाधि उचालेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो । टोलीका अनुभवी खेलाडी विराट कोहलीले ४३ रनको महत्वपूर्ण पारी खेलेका थिए । अन्य खेलाडीहरूले समेत योगदान दिँदै प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेका थिए ।

जबाफमा पञ्जाब किंग्सले कडा प्रतिस्पर्धा गरेपनि निर्धारित ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । आरसीबीका बलरहरूले अन्तिम ओभरसम्म नियन्त्रण कायम राख्दै खेल आफ्नो पक्षमा ल्याए । विशेषतः जोश हेजलवुड र कुनाल पाण्डेयकाे सशक्त बलिङ निर्णायक रह्यो ।यो जित आरसीबी र उसका समर्थकहरूका लागि भावुक क्षण रह्यो । आरसीबीका सन्दर्भमा विराट कोहलीले पहिलो पटक उपाधि जित्दा आँसु झार्दै भावुक प्रतिक्रिया दिएका थिए । स्ट्यान्डमा बसेकी उनकी पत्नी अनुष्का शर्माको उत्साहजनक प्रतिक्रिया पनि सामाजिक सञ्जालमा भाइरल भयो ।

टोलीका कप्तान रजत पाटीदार र प्रशिक्षक एन्डी फ्लावरको नेतृत्वमा आरसीबीले यस सिजन उत्कृष्ट प्रदर्शन गर्‍यो । लिग चरणमा दोस्रो स्थानमा रहेपछि आरसीबीले प्ले-अफमा पनि पञ्जाब किंग्सलाई दुईपटक हराउँदै फाइनल जितेको हो । जोश हेजलवुडले सिजनभरि २१ विकेट लिएर बलिङतर्फ प्रभुत्व जमाएका थिए भने फिल साल्टले उत्कृष्ट फिल्डिङ गर्दै सबैभन्दा बढी क्याच लिए ।आरसीबीको ऐतिहासिक जितले टोली समर्थकहरूबीच खुसीको लहर ल्याएको छ । सामाजिक सञ्जालहरूमा हर्ष, जोश, र रमाइला मीमहरूसँग आरसीबीको उपाधि यात्रा व्यापक रूपमा मनाइँदैछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया