Close sidebar

जानकीको ३ नं. वडामा सिलाई कटाई तालिम सम्पन्न

२०८२ जेष्ठ २० गते, सोमबार २१:२९

नेपालगन्ज । महिलाहरुलाई सिपयुक्त बनाउन सञ्चालन गरिएको एक महिने प्रारम्भिक सिलाई कटाई तालिम आज नेपालगन्जमा सम्पन्न भएको छ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ का महिलाहरुलाई उद्यमी बनाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले गरिबी निवारणका लागि ३० दिने प्रारम्भिक सिलाई कटाई तालिम सोमबार औपचारिक कार्यक्रम बिच सम्पन्न भएको हो ।घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आयोजना तथा जानकी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष राजकुमार वर्माको अध्यक्षतामा एक महिने प्रारम्भिक सिलाई कटाई तालिम सम्पन्न गरिएको छ । उक्त तालिममा प्रशिक्षार्थीहरुलाई सिलाई मेसिन, कपडा काट्ने कैँची, आयरन र प्रमाणपत्र प्रदान गरिएको हो ।वडा नम्बर ३ का अध्यक्ष वर्माले महिलाहरुलाई दक्ष बनाउन बिभिन्न ब्यबसाय सम्बन्धी तहगत तालिम सञ्चालन गरिने जानकारी दिए । उनले तालिम लिएका प्रशिक्षार्थीहरुले ब्यबसाय सञ्चालन गर्न र आगामी दिनहरुमा ३ महिने तालिमलाई निरन्तरता दिदै जाने कुरामा जोड दिए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख कृष्ण बहादुर बिष्ट, नेकपा एमालेका जिल्ला कमिटी सदस्य सकिल अहमद खान, सहायक प्रशिक्षक चित्र डिसि. लगायत वक्ताहरुले बोलेका थिए ।प्रशिक्षार्थीहरुको तर्फबाट सिकाई अनुभव बताउदै प्रशिक्षार्थी माला यादवले आफुले सिकेको सिपलाई सदुपयोग गरी घरमै स्वरोजगार बन्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।यस्तै प्रशिक्षक सफिन बानो मनिहारले
तालिममा सहभागी भएर मात्र सहभागिताको प्रमाण पत्रले आयश्रोतको आधार तयारु नहुने बताउनु भयो । सिकेको सिपलाई समयमै सदुपायेग गरी ब्यबहारमा उतार्न सके रोजगार घरमै श्रृजना हुने बताइन ।घरेलु तथा साना उद्योग कार्यालय उविस. मिना पाण्डेले सञ्चालन गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय सायरा बानोका स्वकिय सचिव महेश कुमार चौधरी, घरेलु तथा साना उद्योग कार्यालयका ल.ना.ए संतोष कुमार श्रेष्ठ, सिलाई कटाई प्रशिक्षक सिमा कुमारी थापा लगायत करीब ३० जनाको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया