काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापासहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा अध्यक्ष थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् ।
शान्ति सुरक्षा कायम गर्न उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याएको छ ।