Close sidebar

मुस्लिम समुदायको दोस्रो ठूलो चाड ‘बकराईद’ जेठ २४ गते शनिबार मनाइने, किन मनाइन्छ बकराईद ?

२०८२ जेष्ठ १६ गते, बिहीबार ११:५७

मो. अरशद शेष राई✍️
नेपालगन्ज । मुस्लिम समुदायको दोस्रो ठूलो चाड ईद उल-अजहा (बकराईद) जेठ २४ गते शनिबार मनाइने भएको छ । इस्लामिक पात्रो अनुसार हिजरी संवत् को अन्तिम महिना जुल हिज्जाको बुधबार साँझ चन्द्रमा देखिएसंगै तीन दिनसम्म मनाइने बकराईद पर्वको दिन निश्चित भएको हो ।

ईद उल-अजहा (बकराईद) ईस्लामिक महिना जुल हिज्जाको १० तारिखमा मनाइन्छ । यो पर्व मुस्लिम समुदायको लागि धेरै महत्त्वपूर्ण छ । किन भने यो महिना हज यात्राको लागि पनि प्रसिद्ध छ । त्यसैले हजको अन्त्यमा बकराईद विशेष रुपमा मनाइन्छ । हरेक वर्ष ईद-उल-फित्र (ईद)को लगभग ७० दिनपछि बकराईद पर्व मनाइन्छ ।

यस दिन मुस्लिम समुदायले हजरत इब्राहिम अलैहिस्सलामको वफादारी र बलिदानलाई सम्झन्छन । जब उनले अल्लाहको आदेशमा आफ्नो छोरालाई बलिदान दिने वाचा गरेका थिए । यो पर्व त्याग, सेवा र त्यागको भावनासँग सम्बन्धित छ । बकराईदमा जनावरको बलिदान गरिन्छ । जसको मासु तीन भागमा विभाजन गरिन्छ, एउटा भाग गरिबहरूलाई, दोस्रो आफन्तहरूलाई र तेस्रो भाग आफ्नो लागि राखिन्छ ।

बलिदानको महत्व :

ईद उल-अजहा (बकराईद)लाई ‘बलिदानको दिन’ पनि भनिन्छ, किनभने यस दिन जनावरको बलिदान दिनु विशेष पुण्य र सम्मानको विषय मानिन्छ । इस्लामिक मान्यता अनुसार, बाख्रा, भेडा, दुम्बा, राँगा, ऊट वा अन्य कुनै हलाल जनावरको बलिदान अनिवार्य मानिन्छ । बलिदान मार्फत अल्लाहप्रतिको भक्ति, समर्पण र आज्ञाकारिता व्यक्त गरिन्छ ।

बकराईद किन मनाइन्छ ?

इस्लाम धर्मका अनुसार हजरत इब्राहिम अलैहिस्सलामलाई अल्लाहले आफ्नो सबैभन्दा प्रिय चीज बलिदान गर्न आदेश दिएका थिए । उनले बिना हिचकिचाहट आफ्नो छोरा हजरत इस्माइल अलैहिस्सलामलाई बलिदान दिने निर्णय गरे । उनको वास्तविक नियत र भक्ति देखेर अल्लाहले यो बलिदान रोके र इस्माइल अलैहिस्सलामको सट्टा दुम्बाको बलिदान दिन आदेश दिए । त्यसबेलादेखि हलाल जनावरको बलिदान गरिन्छ । यो परम्परालाई विश्वभरका मुस्लिमहरूले विश्वास र भक्तिका साथ पालना गर्छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया