Close sidebar

मालपोत कार्यालयमा कार्यरत पाण्डे सहित ३ जना घुस रकम सहित रङेहात अख्तियारको फन्दामा

२०८२ जेष्ठ १० गते, शुक्रबार २२:५६

मो. अरशद शेष राई✍️
नेपालगन्ज । घुस रकम लिरहेको अवस्थामा मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे सहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले रङोहात नियन्त्रणमा लिएको छ ।

कोहलपुरस्थित तिवारी रेष्टुरेण्टमा लेनदेन भइरहेको सूचनाका आधारमा टोलीले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार पाण्डे, लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुन र घनश्याम तिवारीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले खरिदार पाण्डेलाई विचौलिया मार्फत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिई तिवारी रेष्टुरेण्टका सन्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । नियन्त्रणमा लिएर उनीहरु माथी थप अनुसन्धान भइरहेको बताएको छ ।

Oplus_16908288

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया