बेलहरी । बाँकेको जानकी गाउँपालिका ५ नम्बर वडा कार्यालय बेलहरीले स्थानीयवासीलाई आज नि:शुल्क झुल वितरण गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को वडा अन्तर्गत कार्यक्रमबाट ज्येष्ठ नागरिक र अपङ्गता भएका व्यक्तिलाई सोमबार झुल वितरण गरेको हो ।
बाँकेमा गर्मीसँगै लामखुट्टेको जोखिम बढ्न थालेपछि विभिन्न किसिमका लाग्ने रोगबाट बचाउन बेलहरीका स्थानीयलाई झुल वितरण गरेका हुन । आजदेखि वडा कार्यालयको सभाहलबाट शुरु भएको झुल वितरण कार्यक्रम तीनदिन सम्म अन्य अरु ठाउँमा सञ्चालन गरिने जनाएको छ ।
जानकी गाउँपालिका वडा नम्बर ५ कार्यालयको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष टिकानाथ यादवको अध्यक्षतामा कार्यक्रम कार्यपालिका सदस्य कान्ति काँदु, जिल्ला समन्वय समितिका सदस्य जुल्फिकार मनिहार, कर्मचारी, स्थानीयबासी लगायतको उपस्थिति थियो ।
जानकीको ५ नम्बर वडाले गर्यो ज्येष्ठ नागरिकलाई झुल वितरण
