Close sidebar

अवैध हतियारसहित पेस्तोल पड्काउदै आतंकित बनाउने चार जना नियन्त्रणमा

२०८२ बैशाख १५ गते, सोमबार ०३:३१

नेपालगन्ज । बाँके प्रहरीले अवैध हतियारसहित आतंकित बनाउने पेस्तोल पड्काउदै हुलहुज्जत गर्दै आतंकित बनाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पनेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ४० बर्षीय विजय पोख्रेल, वडा नम्बर १८ का ३० बर्षीय विशाल आउजी र वडा नम्बर ४ का २१ बर्षीय अस्मित मल्ल र २० बर्षीय सौगात श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु नमस्ते दोहोरीबाट बाहिर निस्किएर साथमा रहेको पेस्तोलबाट गोली पड्काई बा ४ च ३०७१ नम्बरको कार प्रयोग गरी यही बैशाख १२ गते राती नेपालगञ्ज १८ स्थित विशालनगर चोकमा भइरहेको नाइट क्रिकेट प्रतियोगिता स्थल पुगेका थिए । त्यहाँ पुगेपछि उनीहरुले हुलहुज्जत गर्दै खुकुरी तेर्साएर खेल भइरहेको स्थानमा उपस्थित मानिसहरुलाई आतंकित बनाउनुका साथै पेस्तोलबाट गोली पड्काई भागेका थिए ।

उनीहरुलाई पिछा गर्दै जाँदा प्रहरीले कोहलपुर १० स्थित हाई स्कुल नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाएको जिल्ल प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया