Close sidebar

निषेधित क्षेत्र तोड्ने प्रयास क्रममा शिक्षक र प्रहरी बिच झडप हुँदा दर्जनौं घाइते

२०८२ बैशाख १५ गते, सोमबार ०२:३९

काठमाडौँ । काठमाडौँको बिजुलीबजारस्थित नयाँबानेश्वर सडक खण्डमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् । आइतबार झडपको क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेको सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।लामो समयदेखि जारी शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियोे । प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले पनि ढुंगामुढा गरेका थिए । प्रदर्शनकारीलाई तितरबितर पार्न आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको थियोे । शिक्षकहरूले शनिबार पनि केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।

नेपाल शिक्षक महासंघले प्रहरीले पानीको फोहोरा प्रयोग गरेको कार्यप्रति घोर भर्त्सना गरेको जनाएको छ । देशभरका शिक्षक/कर्मचारीहरू तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा छन । आन्दोलन चलेको पनि २६ दिन नाघेको छ ।गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघको भनाई छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया