मानपुर । बाँकेको जानकी गाउँपालिकाले १ देखि–६ वडाका स्थानीयवासीलाई लामखुट्टेको टोकाइबाट बचाउन आज नि:शुल्क झुल वितरण गरिएको छ । तराईमा बढि गर्मी हुने र लामखुट्टेको जोखिमयुक्त क्षेत्र भएकाले विभिन्न किसिमका रोगबाट बचाउन ज्येष्ठ नागरिक, विपन्न, असहाय तथा अपांगता भएका अन्य व्यक्तिलाई आइतबार नि:शुल्क झुल वितरण गरेको हो ।
गर्मी सुरु हुन लागेसँगै लामखुट्टेबाट बचाउन गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा ३ हजार २ सय थान एक/एक जनालाई झुल वितरण गरिएको पालिका अध्यक्ष छब्बन खाँले जानकारी दिए । उनका अनुसार गर्मी मौसममा लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट बचाउन झुल वितरण गरेको बताउँदै आगामी दिनमा नागरिकका समस्या समाधानका लागि अन्य सेवा सुविधाहरु थप गर्दैजाने एक्यवद्धता गरे ।
कार्यक्रममा विपद तथा वातावरण व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, कार्यपालिका सदस्य निर्मला हरिजन, जिल्ला समन्वय समितिका सदस्य जुल्फिकार मनिहार, विपद तथा वातावरण व्यवस्थापन समितिका शाखा प्रमुख राजेन्द्र वाजपेयी, जिन्सी शाखा प्रमुख राजु यादव, जिन्सी सहायक निरा हमाल, कर्मचारी,स्थानीयबासी लगायतको उपस्थिति थियो ।