नेपालगन्ज । लागु औषध ब्राउन सुगर सहित एक महिलालाई प्रहरीले पक्राउ परेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको नेपालगन्ज वडा नम्बर १३ बस्ने ३४ वर्षीया पुष्पा लोनियालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
नेपाल-भारत सिमानाका जमुनाहस्थित शंकास्पद अवस्थामा फेलापारी चेकजाचँ गर्दा उनले बोकेको लेडिज व्याग भित्रबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल १९ ग्राम २ मिलिग्राम सहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक पातलीले जानकारी दिए ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको डिएसपी पातलीले बताए ।