काठ्माण्डौ । ईरानको सबैभन्दा ठूलो वाणिज्यिक बन्दरगाह शहीद राजाेई पोर्टमा आज शक्तिशाली विस्फोट भएको छ । शनिबार विस्फोटबाट भीषण आगलागी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ,भने ५ सयबढी व्यक्ति घाइते भएका छन् ।
ईरानी रेड-क्रिसेन्ट सोसाइटी अन्तर्गत राहत तथा उद्धार संगठनका प्रमुख बाबक महमूदीले शनिबार राज्य सञ्चालित टेलिभिजनमार्फत जानकारी दिँदै भने, “दुर्भाग्यवश, उद्धार टोलीले कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन ।”
राज्य सञ्चार माध्यमका अनुसार राजधानी तेहरानदेखि करिब १ हजार किलोमिटर (६ सय २० माइल) दक्षिणमा अवस्थित शहीद राजाेई बन्दरगाहमा उक्त विस्फोटमा परि हालसम्म ५ सय १६ जना घाइते भएको जनाएको छ । घटनालगत्तै भारी संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन । विस्फोट कसले गरायो कारण हालसम्म आधिकारिक रूपमा खुलाइएको छैन।