बब्लु खान
कोहलपुर । बाँकेको नेपालगन्ज धम्बोझीस्थित रहेका नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार गरेको छ । स्टोरका संरक्षक हाजी साकिर हुसेन हलवाई, शैय्यदा खातुन हलवाई र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले संयुक्त रूपमा शनिबार रिबन काटेर उद्घाटन गरेको हो ।
विगत दुई दशकदेखि नेपालगन्जमा सफलता पूर्वक सेवा प्रवाह गरि लाखौं सेवाग्राहीको मन जित्न सफल भएका आफ्नो पहिलो शाखाको रूपमा मेरो नेपाल स्टोर नामक कोहलपुर एनटिभी रोडनजिक सञ्चालनमा ल्याएका हुन ।
प्रबन्ध निर्देशक जाकिर हुसेन हलवाईका अनुसार विगत २० वर्षदेखि नेपालगन्जमा सेवा दिदै आएको र अब कोहलपुरका ग्रहकको इच्छा अनुसार पहिलो शाखा सञ्चालनमा ल्याएको बताए । हलवाईले आजको मितिबाट एकसाता सम्म भाडामा हुलास स्टील, फेमस स्टील, बेलटरा आदिमा १०% विशेष छुटको समेत वयवस्था गरिएको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा पुर्वमन्त्री मोहम्मद इस्तियाक राई, कोहलपुर उद्योग व्यापार संघका पदाधिकारी, व्यापारी, इष्टमित्र, ग्रहक वर्गलगायतको उपस्तिथि थियो ।

