Close sidebar

पुलिसलाई १-० गोल अन्तरले हराउँदै एपीएफले उचाल्यो उपाधी

२०८२ बैशाख १२ गते, शुक्रबार २१:२९

नेपालगन्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधी विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले उपाधि जितेको हो ।

नेपालगन्ज रङ्गशालामा आज भएको निकै कडा प्रतिस्पर्धात्मक फाइनल खेलमा एपीएफले पुलिसलाई अन्तिम समयमा गोल गर्दै उपाधिमाथि कब्जा जमाएको हो । एपीएफका तर्फबाट अन्तिम मिनेटमा गीता रानाले एक मात्र निर्णायक गोल गरिन् । उनी नै प्लेयर अफ द म्याच भइन् । उपाधिसँगै एपीएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार हात पार्दै ट्रफी उचालेको छ ।

पुलिस उपविजेता बन्दै २ लाख ५० हजारमा चित्त बुझाइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै नगद रु. २५ हजार प्राप्त गरिन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ, उत्कृष्ट डिफेन्डर एपीएफकी गीता राना, मिडफिल्डतर्फ एपीएफकै सरु लिम्बू, स्ट्राइकर एपीएफकी अनिता केसी र उत्कृष्ट प्रशिक्षक पनि एपीएफकै भगवती थापा घोषित भए । उनीहरूले जनही नगद रु १० हजार रुपैयाँ प्राप्त गरे ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगिता नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता थियो । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमको सहभागिता थियो । प्रतियोगितामा वैशाख ५ गतेदेखि सुरु भएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया