Close sidebar

ठाकुर बाबा नगरपालिकाका सामाजिक अगुवा महिलाहरुलाई सीप विकासका लागि उद्घोषण तालिम

२०८२ बैशाख ३ गते, बुधबार १८:१८

नेपालगन्ज । ठाकुर बाबा नगरपालिकाका सामाजिक अगुवा महिलाका लागि आजदेखि पाँच दिने उद्घोषण तालिम सन्चालन गरिएको छ । घरेलुु तथा साना उद्योग कार्यालय बर्दियाको आयोजना तथा नारी एकता शक्ति केन्द्र ठाकुरबाबाको समन्वयमा बुधबारदेखि सामाजिक क्षेत्रमा क्रियाशिल २५ जना महिलाहरुलाई सीप विकासका लागि सो तालिम सन्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य एव प्रमुख अतिथि मालती सोढारीले महिलाको नेतृत्व विकाससंगै आय आर्जन तथा व्यवसाय प्रवर्द्धनका लागि संचारशिप र वाक पटुता अनिवार्य रहेको आवश्यकता औंल्याउनु भयो । सिकेका सीपलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन सहभागीहरुलाई उहाँले सुझाव समेत दिनुभयो ।

जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिष्टले महिलाहरुलाई आत्मबल बढाउने शिप कलासङै बजारीकरणको बारेमा पनि जानकारी दिई दक्ष बनाइनु पर्नेमा जोड दिनुभयो । यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रशिक्षक शुक्रऋषि चौलागाईले संचार सीप र वाक कलाले आत्मबल वृद्धिका साथै नेतृत्व विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

सोही समारोहमा बाटेको धुप बनाउने तीन दिने तालिमको पनि उद्घाटन गरिएको थियो । घरेलुु तथा साना उद्योग कार्यालयका उद्धम विकास सहजकर्ता चिना मगरको सन्चालन तथा लेखा प्रमुख जगत राम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नारी एकता शक्ति केन्द्रका जग्गादातृ अन्जु भन्डारी, धुप प्रशिक्षक भगवती बस्याल, ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का सदस्य सुशीला खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तालिममा सन्चार, आम सन्चार, उदघोषण, उद्घोषक, वाक कला, कार्यक्रम सन्चालम लगायतका विविध पाटाेमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया