Close sidebar

बसले टेम्पोलाई ठक्कर दिँदा बालबालिका सहित पाँच जनाको मृत्यु

२०८२ बैशाख २ गते, मंगलवार १७:३१

नेपालगन्ज । यात्रुबाहक बसले टेम्पोलाई ठक्कर दिँदा बालबालिका सहित पाँच जनाको मृत्यु भएको छ । अन्य ११ जना गम्भीर घाइते भएका छन्, । सबै घाइतेहरुको बहराईच अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लखनऊको ट्रमा सेन्टरमा रेफर गरिएको छ ।

भारत उत्तर प्रदेशको बहराइच गोंडा रोड, हुजुरपुर क्षेत्रस्थित खुथेना नजिकै टेम्पोले ट्रकलाई ओभरटेक गर्दा सामुन्ने देखि आइरहेको एउटा निजी बसले टेम्पोलाई ठक्कर दिएको बताइएको छ । टेम्पोमा १६ जना यात्रु सवार थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया