काठमाडौं । बुधबार अचानक आएको असिनाले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागहरूमा विनाश मच्चाएको छ । यस क्रममा सयौं सवारीसाधन र घरका झ्यालका सिसा फुटेका छन् ।
बीबीसी उर्दूका अनुसार इस्लामाबादमा बस्ने मानिसहरूले आफ्नो जीवनमा यति ठूला असिना कहिल्यै नदेखेको बताएका छन् । खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो र भारी वर्षाका कारण लन्डीकोटल डुबानमा परेको थियो ।
जसका कारण धेरै सवारी साधन पानीमा बगेका थिए । असिनापानीका कारण धेरै कारका सिसा फुटेको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । – एजेन्सी