Close sidebar

पत्रकार रजकको हत्या : सरकारले चासो र गम्भीरता नदेखाएपछि महासंघ आन्दोलनमा, निष्पक्ष छानविन गर्न आयोगलाई महासंघको आग्रह,

२०८१ चैत्र २९ गते, शुक्रबार १६:५१

नेपालन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय माअधिकारनव अधिकार आयोगलाई आग्रह गरेको छ । आज राष्ट्रिय मानव आयोगको नेपालगञ्ज कार्यालयमार्फत आयोगलाई महासंघका माग पूरा गराउन सरकारको ध्यानाकर्षण गर्नुका साथै घटनाको निष्पक्ष र स्वतन्त्र छानविनका लागि आग्रह गरिएको हो ।

महासंघ बाँके अध्यक्ष नवीन गिरी नेतृत्वको टोलीले शुक्रबार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा पत्रकार रजकको मृत्यु भएको थियो ।

उक्र घट्नामा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हनन हुने गरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा महासंघले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकार तथा क्षति पुगेका सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरुलाई कानुनी कारबाहीको माग गर्दै केन्द्रमा गृहमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई चैत १८ गते सात दिने अल्टिमेटम दिई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

तर, सरकारले चासो र गम्भीरता नदेखाएपछि महासंघ आफ्ना माग पूरा गराउन निरन्तर आन्दोलनमा छ । अध्यक्ष गिरीले घटनाको निष्पक्ष छानविन भई दोषीमाथि कारबाही नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले प्रेसमाथिको आक्रमण सह्य नहुने बताउनुभयो । महासंघ केन्द्रको सर्कुलर अनुसार बाँके शाखाले पनि आन्दोलन जारी राखेको गिरीले बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै आयोग नेपालगन्ज कार्यालय प्रमुख अधिकारीले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हननको घटना आयोगको पनि चासोका विषय भएको भन्दै महासंघ बाँकेले पेश गरेको ज्ञापनपत्र आयोगमा पठाइने बताउनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया