Close sidebar

प्रहरीले भन्यो– भ्रममा नपरौँ, दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

२०८१ चैत्र २९ गते, शुक्रबार ००:५१

 

काठमाडौं । नेपाल प्रहरीले दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै ‘दुर्गा प्रसाईं पक्राउ’ भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे भ्रममा नपर्न अनुरोध गरेको हो ।

“नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी दुर्गा प्रसाईं पक्राउ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको भन्दै नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाईं नेपाल प्रहरीको खोजी सूचीमा छ,” केन्द्रीय प्रहरी प्रवक्ता (प्रहरी नायव महानिरीक्षक) दिनेश कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगर्न समेत विज्ञप्ति मार्फत सबैमा अनुरोध गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया