नेपालगन्ज । दुर्गा प्रसाईं भारतको असाम राज्यबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै काठमाडौंतर्फ ल्याउने तयारी भइरहेको बताएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके प्रसाईं प्रहरीलाई नै गाडीले पेलेर अघि बढेको केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो ।
यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो ।