Close sidebar

नृत्य र सांस्कृतिक कार्यक्रम गरि मेरो टुकी प्रज्ञालयले मनाइयो वार्षिकोत्सव

२०८१ चैत्र २४ गते, आईतवार २२:००

नेपालगन्ज । मेरो टुकी प्रज्ञालय ‘स्कुलले’ आफ्नो ८ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । नेपाललगन्जको धम्बोझीमा अवस्थित सो स्कुलका बालबालिकाले शनिबार विभिन्न नृत्य र सांस्कृतिक कार्यक्रम प्रस्तुति गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समारोहमा १७ वटा नृत्य र सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी प्रशिक्षिका मनिषा परियारले गरेकी थिइन् । समारोहमा कक्षा १ सम्मका १६ जना बालबालिकाले सितोरियो कराँतेका विविध काँता प्रदर्शन गरेका थिए । प्रज्ञालयमा कराँते प्रशिक्षक सकिल राईनले प्रशिक्षण दिन्छन् ।समारोहमा शैक्षिक सत्र २०८१ सालमा विविध विधामा उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरिएको थियो । प्रज्ञालयले प्रोफेसर हावर्ड गार्डनरले प्रतिपादन गरेको ८ बहुवौद्धिक क्षमताका आधारमा हरेक बालबालिकालाई मन्चमा बोलाई सम्मानित र पुरस्कृत गर्ने गरेको संचालक प्रिन्सिपल कल्पना शर्माले बताइन् ।

प्रज्ञालयले हरेक बालबालिकालाई समान व्यवहार गर्ने उनको भनाई थियो । बालबालिकालाई डा. शंकर केसी, विनोद अग्रहरी, डा. सपना शर्मा, डा. नवीन तिमिल्सेना, संचालक प्रिन्सिपल शर्मा तथा प्रज्ञालयका संस्थापक भोजराज शर्माले प्रमाणपत्र तथा उपहार प्रदान गरेका थिए ।

वि.सं. १०७४ मा स्थापित प्रज्ञालयले शिक्षासँगै व्यवहार ज्ञान, प्रज्ञा, संस्कार र सिर्जना र मनोवैज्ञानिक समानतालाई प्राथमिकता दिएको संस्थापक संचालक भोजराज शर्माले बताए । कक्षा ३ सम्म संचालन अनुमति पाएको प्रज्ञालय निजी शैक्षिक गुठी हो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया