काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देही लगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेको हो ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुढानीलकण्ठस्थित निवासमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको हो । केही समय अगाडि मात्रै उनले प्रहरी समक्ष आफैँ गिरफ्तारी दिने बताएका थिए ।
सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै, न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । ममाथि ठूलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्,- उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

