नेपाल्गन्ज । समाज कल्याण परिषदले लुम्बिनी प्रदेशमा शाखा बिस्तार गर्ने तयारी गरेको छ । संघीय संरचना अनुरुप परिषदलाई क्रियाशिल र प्रभावकारी बनाउन प्रदेशस्तरीय शाखा स्थापनाको तयारी गरिएको हो ।
समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाल माझी नेतृत्वको टोलिले स्थलगत अध्यन गर्दै सम्बद्ध सरोकारवालासंग आवस्यक परामर्श लिइरहेको छ । टोलिले सामाजिक संघ संस्थाहरुको साझा संस्था गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशको नेतृत्वसहितको टिमसंग सोमबार कार्यालयमै छलफल गरेको छ ।
गैरसरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सन्जय लम्सालसमेतको उपस्थितिमा गरिएको छलफलमा परिषदको शाखा बिस्तारको आवश्यकता, अबको स्वरुप, काम / कर्तव्य र अधिकार, क्रियाशिलता र प्रभावकारिता लगायतको विषयमा विमर्श गरियो । परिषद उपाध्यक्ष माझीले प्रत्यक्ष सरोकारवालासंगको थप छलफल र परामर्शका आधारमा शाखा बिस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशीला बेल्बासेले गैरसरकारी संघ संस्थाको समग्र हकहित र विकासका लागि अधिकार सम्पन्न प्रदेश स्तरीय संरचना आवश्यक रहेको औल्याउँनु भयो । परिषद कानुनी सल्लाहकार सन्जय कुमार शाह, परिषद सदस्य सन्जय कुमार शाह, सहायक निर्देशक प्रकाश पङेनी, गैसस महासंघका केन्द्रीय सदस्यहरु धर्म रोकाया, बिष्णु बेल्वासे लगायतको उपस्थिति रहेकोे कार्यक्रममा शाखा बिस्तारमा गैससको भुमिका र सहयोगका सन्दर्भमा पनि कुराकानी गरिएको थियो ।
सोही कार्यक्रममा नव निर्वाचित केन्द्रिय उपाध्यक्ष लम्सालसहित निर्वाचित केन्द्रीय सदस्यलाई सम्मान गरियो । यसैबिच गैसस टोलिद्वारा सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनालाई भेट गरि गैरसरकारी संस्थाका समसमायिक सवालमा छलफल गरियो ।
