Close sidebar

ईस्लाम धर्मावलम्बीहरुले सोमबार ईद-उल फित्र (ईद) पर्व मनाउँदै, ईदको नमाज ईदगाहमा विहान ८ बजे

२०८१ चैत्र १७ गते, आईतवार २३:५५

नेपालगन्ज । ईस्लाम धर्मावलम्बीहरुले भोलि देशभर ईद-उल फित्र (ईद) पर्व मनाउँदै छन । आइतबार साँझ चन्द्रमा देखिएकाले नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत देशहरुमा सोमबार ईस्लाम धर्मावलम्बीहरुले एकैसाथ ईद-उल फित्र (ईद) पर्व मनाउन लागेका हुन ।

चन्द्रमाको गतिका आधारमा तय गरिने रमजान सकिएपछि अरेबिक पात्रो अनुसार सव्वाल महिना सुरु हुने शुक्लपक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट ईदुल- फित्र ‘ईद’ मनाउने परम्परा छ । ईस्लामिक देश साउदी अरेबिया, कतर, दुबई, कुवेत, तुर्की लगायत खाडी मुलुकहरूमा आइतबार नै ईद-उल फित्र (ईद) पर्व मनाएका छन ।

ईद-उल फित्र (ईद)को दिन सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरु बिहानै नुहाई पाकसाफ (सफासुग्घर) भई नयाँ कपडामा नजिकका ईदगाह वा मस्जिदमा गएर ईद-उल फित्र (ईद)को नमाज पढ्ने गरिन्छ । नेपालगन्जको विपी चोकस्थित स्थानीय ईदगाहमा ईद-उल फित्र (ईद)को नमाज विहान ठीक ८ बजे पढ्ने छ ।

यस्तै एक्लैनी-३ स्थित फुल्वारी मस्जिद ‘मर्कज’मा पनि विहान ८ बजे, धम्बोझी मस्जिदमा पौने ८ बजे र दारुलउलूम फैजुननबी जामा-मस्जिदमा साढे ८ बजे ईद-उल फित्र (ईद)को नमाज पढ्ने बताएको छ ।

ईदको नमाज पढनुपूर्व रोजामा भएको कमी-कमजोरी वा रोजा शुद्धीकरणका लागि प्रतिव्यक्ति २ किलो ४५ ग्राम गहुँका दरले परिवारका सबै सदस्यको नाममा फित्रराको पैसा अनिवार्य रूपमा मदरसामा दान गर्नुपर्ने हुन्छ ।

ईदको नमाज समाप्त भएसँगै ईस्लाम धर्मावलम्बीले एक अर्कालाई अंकमाल गरी ईद मुबारक भन्दै शुभकामना दिने प्रचलन छ । यो पर्वमा सेवइ, जर्दा, दही बडा, छोला, बिरयानी, खिर तथा अन्य मिठो परिकार खाने–खुवाउने चलन छ । ईद-उल फित्र (ईद)को अवसरमा नेपाल सरकार सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया