Close sidebar

साउदी लगायत ईस्लामिक देशमा आज ईद-उल फित्र (ईद) पर्व मनाउँदै

२०८१ चैत्र १७ गते, आईतवार ०४:४०

नेपालगन्ज । साउदी अरेबिया लगायत खाडी देशमा आज ईद-उल फित्र (ईद) पर्व मनाइँदै छ । शनिबार साँझ सव्वालको चन्द्रमा देखिएपछि साउदी, दुबई, कतार, कुवेत, तुर्की लगायत ईस्लामिक देशमा आइतबार ईदुल-फित्र (ईद) पर्व मनाउन लागेको हो ।

ईरान, इन्डोनेसिया, मलेसिया लगायत देशमा भने शनिबार चन्द्रमा देखिएको छैन ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद-उल फित्र (ईद) नेपालमा भने आज (आइतबार) चन्द्रमा देख्यो भने सोमबार नदेखेमा मंगलबार मनाइने छ । तर ईस्लामिक राष्ट्र साउदी, दुबई र कतार लगायत खाडी देशहरुमा ईदुल-फित्र (ईद) पर्व मनाइएको भोलिपल्ट नेपाल तथा छिमेकी देश भारतमा ईदुल-फित्र (ईद) मनाइन्छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने रमजान सकिएपछि अरेबिक पात्रो अनुसार सव्वाल महिना सुरु हुने शुक्लपक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट ईदुल- फित्र मनाउने परम्परा छ । ईदका दिन इस्लाम धर्मावलम्बीको मुख्य धार्मिक ग्रन्थ कुरआन धर्मगुरुले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाएर स्थानीय ईदगाह तथा मस्जिदमा गएर ईदको विशेष नमाज पढेपछि साथीभाइ, आफन्त लगायतलाई अंकमाल गरि ईद मुबारक भनी शुभकामना साटासाट गरि यो पर्व मनाउने गरिन्छ । यस पर्वमा जर्दा, सेवइ, बिरयानी, दही बडा, बटर छोला र मिष्ठान परिकार खाने–खुवाउने चलन छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया