नेपालगन्ज । बाँंकेको जानकी गाउँपालिका-५ बेलहरीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउँमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाइ गरेका छन ।
कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको शैक्षिक सत्र २०८१ कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई मंगलबार एक औपचारिक कार्यक्रमका बिच टीका र पुष्पगुच्छा सहित सम्मानका साथ विदाइ गरेका हुन ।
सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम, कविता, गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । भने विभिन्न प्रकारको खानेकुराको व्यवस्था समेत गरेका थिए । विद्यालयका प्रधानाध्यापक संध्या शर्माले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै विदाइ गर्नुभयो । उहाँले विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुलाई आउँदा दिनमा विद्यालयमै अध्ययनका लागि मावी तह कक्षा सञ्चालन गर्न पहल गर्ने समेत बताइन् ।प्रधानाध्यापक शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा विद्यालयकका शिक्षक तारा बिष्टले सञ्चालन गरेको कार्यक्रममा सहायक प्रधानाध्यापक साकिर खान, शिक्षकद्वय मीना भण्डारी, बिन्दु बर्नवाल, सीता बिक, साजिद खाँ, सीता भण्डारी, धर्मेन्द्र प्रसाद वर्मा, हरिलाल चौधरीलगायत विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।