काठमाडौं । करीब २५ करोड बराबरको विदेशी मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका-१ का कुशाङ लामा रहेका छन् । उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए । प्रहरीका अनुसार दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेको सूचना पाए लगत्तै प्रहरीले अपरेसन सुरू गरेको थियो ।
सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ नम्बरको ट्रक र एक व्यक्तिसहित २५ करोड बराबरको रकम बरामद गरेको थियो ।