काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेका हुन ।
आईजीपी वसन्त कुँवर सोमबार अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो । थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन् । उनी विसं २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
महानिरीक्षक बन्ने होडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए । तर थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए । यसअनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए ।
२६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका थापालाई ६ चैत २०७० को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो । थापा एआइजी भएको दुई सातापछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए ।