Close sidebar

मैनापोखरमा लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

२०८१ चैत्र ५ गते, मंगलवार ०१:५३

मैनापोखर । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखर स्थित हुलाकी सडक खण्डबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

गुलरियाबाट नेपालगन्ज तर्फ जाँदै गरेको भे १ ख ४२४७ नम्बरको फोर्स गाडीलाई इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले आकस्मिक सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दियाको मधुबन नगरपालिका वडा नम्बर ८ गाँउ नम्बर १ का २५ वर्षीय माधब चन्द र सोही ठाउँका २४ वर्षीय अर्जुन कुँवर रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २ पुडिया प्लाष्टिक सहित २७ ग्राम ४८० मिलिग्राम र प्लाष्टिक खोली हेर्दा शुद्ध तौल २४ ग्राम १०० मिलि ग्राम (लागू औषध) ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीका अनुसार पक्राउ परेका उनीहरुलाई बर्दिया जिल्ला अदालतबाट ५ दिन म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा राखेर घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया