काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार बिहान १ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । पेट्रोल प्रति लिटर ५ रुपैयाँ र डिजेल टथा मट्टीतेलको प्रति लिटर ४/४ रुपैयाँ मुल्य घटेको छ ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेर आएको छ । मूल्य घटेसँगै पहिलोवर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६०.५० रुपैया र डिजेलको मूल्य १४८.५० रुपैयाँ कायम भएको छ ।
दोस्रोवर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ र डिजेलको मूल्य १५० रुपैयाँ कायम भएको छ । तेस्रोवर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ र डिजेलको मूल्य १५१ रुपैयाँ कायम भएको छ ।