बब्लु खान
नेपालगन्ज । आज दिउँसो खरबारीमा आगलागी हुँदा एकजना बृद्धाको मृत्यु भएको छ । शनिबार सल्यानको त्रिवेणी गाउँपालिका वडानम्बर- ३ स्थित तिमिलेचौरका ६५ वर्षीय प्रेम बहादुर बस्नेतको जलेर मृत्यु भएको हो ।
बस्नेत श्रीमतीसँग घाँस काट्न गएको बेला एक्कासि खरबारीमा आगलागी भएको देखेपछि आगलागी नियन्त्रणको प्रयास गर्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बस्नेतका श्रीमती गाउँलेलाई हारगुहार गरेर फर्किंदा उनि आगोमा जलेर मृत अवस्थामा भेटिएका थिए । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ । मृतक बस्नेतको शव पोस्टमार्टमका लागी जिल्ला अस्पताल खलङ्गा पठाइएको छ ।

