
बब्लु खान✍️
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका अन्तर्गत रहेका वडा कार्यालयहरुले होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि होली खेलेर मनाएका छन् । रंङ्गको पर्व फागु-पुर्णिमा अर्थात होली पर्वका अवसरमा बेलहरीस्थित वडा नम्बर ५ को वडा कार्यालयमा आयोजित होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम बिहिवार मनाएका हुन ।
गाउँपालिका अध्यक्ष छब्बब खाँको प्रमुख अतिथि समेत रहेको कार्यक्रममा अध्यक्ष खाँले होली पर्व सद्भाव र प्रेमको पर्व भएकोले सबैले मिलेर यो पर्वलाई सद्भावको पर्वका रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।
५ का वडा अध्यक्ष टिकानाथ यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले होली मिलनमा सहभागीले एक अर्कालाई रङ्ग र अबिर लगाएर होलीको सुरुवात गर्दै शुभकामना दिएको बताए ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार वर्मा, कार्यपालिका सदस्य कान्ति काँदु, श्री मावी जोगागाउँका प्रधानाध्यापक जीत बहादुर वर्मा, श्री कालिका प्रावी ठूलो खजुराका प्रधानाध्यापक चित्रकुमार तिवारी, समाजसेवी मनमोहन वर्मा, राजनीति दलका नेता कार्यकर्ता, वडासदस्य, शिक्षक, कर्मचारी, स्थानीयलगायतको उपस्तिथि रहेको थियो ।
यसैगरी जानकी गाउँपालिका वडा नम्बर ३ को कार्यालयले पनि होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । इन्द्रपुरस्थित ३ नम्बरको वडा कार्यालयमा आयोजना गरेर होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।


