Close sidebar

नेपालगन्जमा विविध कार्यक्रम गरि अन्तर्राष्ट्रिय नारी दिवस मनायो

२०८१ फाल्गुन २५ गते, आईतवार ०१:३९

नेपालगन्ज । ११५औ अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरि नेपालगन्जमा मनाएका छन । “सबै महिला तथा बालिकाको लागि अधिकार ,समानता र सशक्तीकरण ”भन्ने नारासहित ११५औं अन्तर्राष्ट्रिय नारी दिवस भब्यताका साथ मनाएका हुन ।दिवसका अवसरमा नेपालगन्ज उप-महानगरपालिकाबाट सुरु भएको र्‍याली विपि चोक, धम्बोझी चोक, सेतुविक चोक, न्युरोड, त्रिभुवन चोक हुँदै पुनः उपमहानगरपालिका पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना घटिरहेको हुँदा सबै दिदिवहिनीहरुले सचेत प्रभावकारी भुमिका निभाउन जोड दिनुभयो । महिलाअधिकारका लागि आफूले पनि निरन्तर संघर्ष गरिरहेको बताउँदै महिलाका नाममा निकाशा हुने बजेटमा चासो दिन पनि आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुलबहादुर कार्किले महिला अधिकारका बिषयमा बोल्दै ट्राफिक नियमको पनि पालना गर्नुपर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जमा प्रमुख द्धारिक अधिकारीले महिला आन्दोलनले स्थापित भएको महिला अधिकारलाई अब व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महिलाहरुको हकहितका लागि सञ्चार क्षेत्रबाट निरन्तर भुमिका निर्वाह भइरहेको र आगामि दिनमा पनि निरन्तर लागिपर्ने प्रतिवद्धता ब्यक्त गरे ।आयोजक मूल समारोह समिति एवं नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगन्ज उपमहानगरपालिकाका संयोजक केशव कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्रा कुमारी पुरीले स्वागत मन्तब्य गरेकि कार्यक्रममा अधिकारकर्मि निर्मला पौडलले कार्यक्रम सञ्चालन गरेकी थिइन । उक्त कार्यक्रममा दुईसय बढिको सहभागिता रहेकोे थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया