नेपालगन्ज । नवनिर्वाचित कार्यसमितिको आज नेपालगन्जमा पदभार तथा सपथ ग्रहण कार्यक्रम गरेका छन । अवधी पत्रकार संघ नेपाल बाँकेको नवनिर्वाचित पदाधिकारीहरुलाई शनिबार एक औपचारिक कार्यक्रमका बिच खादा-टिका र प्रमाणपत्रसहित पदभार तथा शपथ ग्रहण कार्यक्रम गरेका हुन ।
कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गर्दै प्रतिनिधि सभा सदस्य लक्ष्मी तिवारीले अवधी भाषा, संस्कृतिकलाई संरक्षण, सम्बर्धन गर्न र संस्थागत विकासका लागि सहयोग गर्ने प्रतिबद्धता गरेकी थिइन । सांसद तिवारीले अवधी भाषी महिला पत्रकारहरुको सहभागिता बढाउन अवधी पत्रकार संघको भुमिका हुनु पर्नेमा जोडदिदै मधेसी समुदायका महिलाहरुको शसक्तिकरण गर्नुपर्ने बताइन । पत्रकारिता क्षेत्रमा समाबेशीतालाई विशेष प्राथमिकता दिनुभपर्नुे भन्दै तिवारीले हरेक निकायमा महिलालाई अवसर प्रदान गरि सहभागिता गराउनुपर्नेमा जोड दिइन ।
अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले देशभरका अवधी भाषी पत्रकारहरुको क्षमता अभिबृद्धि गरि दक्ष बनाउने र मुस्लिम महिला पत्रकारहरुको सहभागिता बृद्धि गर्ने बताए । उनले अवधी भाषाको विकासका लागि पत्रकारिता पेशालाई अझ शसक्त बनाउनुपर्नेमा जोडदिदै लोप हुनलागेको अवधी कला संस्कृतिको संरक्षणका लागि विशेष पहल आवश्यक रहेको जिकिर गरे ।
यसैगरी अवधी पत्रकार संघ नेपाल बाँकेका निबर्तमान अध्यक्ष प्रहलाद विश्वकर्माले नयाँ कार्यसमितीले कसैमाथि पनि भेदभाव नगरी मूल्यनिष्ठ पत्रकारिताको जग बलियो बनाउन आग्रह गरेका थिए ।
निर्वाचन समितिका संयोजक लियाकत अलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा समितिका सदस्यद्धय सुर्यलाल यादव र मोहम्मद आरिफ अन्सारी लगायतले नवनिर्वाचित कार्यसमितिलाई खादा-टिका लगाएर प्रमाणपत्र वितरण गरेका थिए । गत शनिबार बाँकेको डुडुवा गाउँपालिका–५ पशुपति पिकनिक पार्कमा आयोजित अवधी पत्रकार संघ नेपाल बाँकेको पाँचौ जिल्ला अधिवेशनले साहिद अली(समीर)को नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको थियो ।


