नेपालगन्ज । नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले व्यवसायी हितका लागि नेपाली काँग्रेस सधै व्यवसायीहरुको साथमा रहेको प्रतिवद्धता जाहेर गर्नुभएको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आयोजना गरेको बधाई, सम्मान तथा उत्प्रेरणा कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका गौडेलले भने ‘नेपालगन्ज शहर औद्योगिक शहर हो, यसमा थुप्रै सम्भावनाहरु रहेको छन, अतः यसका लागि हामी सबै एक भएर व्यवसायीक हितका निति निर्माणका लागि छलफल बहस गर्नुपर्छ, त्यसका लागि बाँके काँग्रेस सधै व्यवसायीहरुको पक्षमा छ ।
संघका अध्यक्ष संजय थापाको सभापतित्वमा र काँग्रेस बाँकेका सभापति गौडेलको प्रमुख अतिथि तथा काँग्रेस बाँकेका उपसभापति एवं प्रजातान्त्रिक उद्यागी व्यवसायी संघका सल्लाकार गोपाल प्रसाद अधिकारी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराई, वरिष्ठ उद्योगपती प्रदिप छाछेड लगायतको विशिष्ट अतिथिमा भएको बधाई, सम्मान तथा उत्प्रेरणामा कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँकेका उपसभापति अधिकारीले सरकार व्यवसायमा समस्या ल्याउने कानुन संशोधन गरेर व्यवसाय सहज रुपमा गर्ने वातावरण बनाउनु पर्ने जिकिर गरे ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले वर्तमान देशको आर्थिक अवस्था चिन्ताजनक भएको बताउँदै देशको आर्थिक अवस्थालाई सुधार गर्नु पर्ने दायित्व प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुको काँधमा आएको बताउनुभयो । बधाई, सम्मान तथा उत्प्रेरणामा कार्यक्रममा जडिबुटि व्यवसायी संघ नेपालका अध्यक्ष टंक प्रसाद शर्मालाई विशेष सम्मान गरिएको थियो ।
कोहलपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी एवं सदस्यहरु, नेपाल पत्रकार महासंघ बाँकेकका निर्वाचित पदाधिकारी, सदस्य एवं केन्द्रिय परिषद् सदस्य, लुम्बिनी प्रदेश परिषद् सदस्य र नेपाल बार परिषद् सदस्यलाई काँग्रेस जिल्ला सभापति गौडेल, उद्योगी व्यवसायी संघका बाँके अध्यक्ष थापा, काँग्रेस जिल्ला उपसभापति अधिकारी, वरिष्ठ उद्योगपति छाछेड लगायले सयुक्त रुपमा सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकका अध्यक्ष नवीन गिरी, नेपाल कानुन व्यवसायी परिषद् सदस्य ईश्वरी ज्ञवाली, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका प्रवक्ता मख्खन धामी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष शिव प्रसाद दाहाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष गोपाल गिरी, वरिष्ठ उद्योगपति छाछेड लगायतले शुभकामना व्यक्त गरेका थिए ।
संघका सचिव हिमनाथ पौडेलले सहजीकरण गरेको कार्यक्रममा प्रशिक्षक रविकिरण श्रेष्ठले उद्योग व्यपाारमा सकारात्मक सोच ल्याउदाँ सफलता प्राप्त गर्न सकिने बताउँदै उपस्थित सम्पुर्णलाई प्रशिक्षण दिएका थिए ।
