Close sidebar

जानकीको दोस्रो अध्यक्ष कप क्रिकेटको उपाधी मानपुरलाई

२०८१ फाल्गुन १६ गते, शुक्रबार २२:३७

मो. ताहिर शेष राई (साहिल)
नेपालगन्ज । जानकी गाउँपालिकाको पालिका स्तरीय दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा मानपुर स्पोर्टस् राईजिङ क्लबले जोगागाउँ स्पोर्ट्स कल्बलाई पराजित गरी उपाधी चुम्न सफल भएको छ ।‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नारा सहित जानकी गाउँपालिका वडा नम्बर-३ स्थित श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयको खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा मानपुरले जोगागाउँलाई एक सय ३१ रनले पराजित गरी उपाधी चुम्न सफल भएको हो ।टस जितेर पहिले ब्याटिङ गरेको मानपुरले निर्धारित १२ ओभरको खेलमा विवेक कुमार यादवको ७३ रन र संदीप महर्जनको ५२ रनको अर्धशतकीय इनिंगको मद्दतले एक सय ७६ रन विशाल योगफल बनाउँन सफल भएको थियोे । एक सय ७७ रनको विशाल लक्ष्य लिएर मैदानमा उत्रिएको जोगागाउँले ९ ओभरमा अल-आउट हुँदै मात्र ४६ रन बनाएपछि खेल हार्न पुगेको थियो । जोगागाउँलाई सस्तैमा समेटन मानपुरका विवेक कुमार यादवले सर्वाधिक ४ विकेट लिएका थिए ।प्रतियोगितामा विवेक यादव म्यान अफ-द फाइनल र संदीप महर्जन म्यान अफ द सिरिज घोषित भएका थिए । विजेता टीमलाई ४० हजार र उपविजेता टीमलाई २० हजार नगद राशी पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियोे । प्रतियोगितामा रिजवान अन्सारी र जुनेद खानले अम्पायरको जिम्मेवारी निभाएका थिए । भने अबरार शेष स्कोररको भूमिकामा रहेका थिए । प्रतियोगितामा १३ वटा टीमको सहभागिता रहेको थियो ।गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारीले स्वागत मन्तब्य व्यक्त गरेको प्रतियोगितालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खाँले कार्यपालिकाको बैठकमा छलफल गरि खेलाडीहरुलाई पायक पर्ने स्थानमा १ देखि ६ नम्वर वडाको बिच एरियामा खेल मैदान बनाउने आश्वासन दिनुभयो । उहाँले विजेता क्लबलाई रु. २१ हजार र बुढियागाउँ पठान पल्टन क्लबलाई रु. ११ हजार पुरस्कार दिने घोषणा समेत गर्नुभएको छ ।फाइनल खेलमा वडा नम्बर १ का वडाध्यक्ष युनुस (रजा) राई, वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार वर्मा, वडा नम्बर ४ का वडाध्यक्ष रामेशकुमार वर्मा, वडा नम्बर ६ का वडाध्यक्ष जगदीश प्रसाद हरिजन, सामाजिक विकास समिति संयोजक रामअचल धोबी, शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारी, प्राविधिक सहायक झुमीकुमारी ओली, जिन्सी शाखा प्रमुख राजु यादव, परामर्शदाता सोहराब अली दर्जी लगायतले विजेता र उपविजेता टीमलाई पुरस्कार प्रदान गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया