Close sidebar

दक्षिण एशियाली विश्वविद्यालयको नयाँ कोर्षका साथ भर्ना प्रकृया खुल्ला

२०८१ फाल्गुन १४ गते, बुधबार २०:५०

मो. आरीफ अन्सारी (अमन)✍️
नयाँ दिल्ली । उच्च शिक्षा क्षेत्रमा अग्रणी पहिचान बनाउँदै आइरहेको साउथ एशियन युनिभर्सिटीले नयाँ शैक्षिक सत्रमा सार्क राष्ट्रका विधार्थीहरुलाई आधुनिक युगमा उत्कृष्टता प्राप्त गर्न आवश्यक सीप, ज्ञान र दक्षतामा आधारित कोर्षद्वारा विधार्थीहरुको क्षमताको विकास गर्न चाहेको कुरा विश्वविधालयका अध्यक्ष प्रोफेसर के.के. अग्रवालले एक कार्यक्रमका बीच बताउनु भएको छ ।

‘सीमाविहीन ज्ञान’को दृष्टिकोणका साथ भारतको राजधानी दिल्लीमा स्थापित साउथ एशियन युनिभर्सिटीले सार्क क्षेत्रका विधार्थीहरुका लागि शैक्षिक सत्र २०२५—२६ को भर्ना प्रकृयाका साथै विश्वविधालयको आगामी शैक्षिक अवसर र विस्तारिकरणका बारेमा प्रोफेसर के.के. अग्रवालले जानकारी गराएका छन् । शैक्षिक सत्र २०२५—२६को लागि भर्ना प्रकृया शुरु गर्दै प्रोफेसर पंकज जैनले—‘आजको प्रतिस्पर्धात्मक युगमा हाम्रो विविध प्रकारका कोर्षहरुले विधार्थीहरुलाई आफ्नो शैक्षिक उत्कृष्टता र पहुँच सुनिश्चित गर्न र सफलता प्राप्त गर्न आवश्यक सीप र ज्ञान प्रदान गर्न साउथ एशियन युनिभर्सिटी प्रतिबद्ध रहेको कुरा बताउनु भयो ।

युनिभर्सिटीमा विधार्थीहरुको लागि एक सरल र पहुँचयोग्य भर्ना प्रकृया सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गर्दै सार्क राष्ट्रका विधार्थीहरुलाई आफ्ना देशबाट सुरक्षित र अनलाईन परीक्षा मार्फत् भाग लिनको लागि पनि विकल्प उपलब्ध रहेको कुरा प्रवेश परीक्षा निर्देशक डाक्टर कविता खन्नाले बताए । साउथ एशियन युनिभर्सिटीले आफ्नो डिजिटल शिक्षा प्रतिबद्धता अन्तर्गत भर्चुअल क्याम्पसको पनि शुरुवात गरेका जस अन्तर्गत अनलाईन डिग्री र प्रमाण पत्र कार्यक्रमहरु रहेका छन् । यी कोर्षहरुमा क्याम्पसमा आधारित समान शैक्षिक गुणस्तर र पाठ्यक्रमहरु समावेश छन् ।

सन् २०२३ सम्म युनिभर्सिटीले स्नातकोत्तर र पीएचडी कार्यक्रम मात्र सञ्चालन गर्दै आएकोमा सन् २०२४—२५मा कम्प्यूटर विज्ञान र इन्जिनियरिड्डमा बि.टेक.को कोर्ष शुरु गरेको थियो भने शैक्षिक सत्र २०२५—२६मा विभिन्न नयाँकोर्षहरु कृत्रिम बुद्धिमता (ए आई) र मेशिन लर्निड्ड, बिजनेस सिस्टम र इन्टीलिजेन्स, साइबर सुरक्षा र डाटा साइन्सका साथै विश्व विधालयले एकीकृत कोर्षहरु बीएस—एमएस (इन्टरडिसिप्लिनरी साइन्सेस) र बीबीए, एमबीए कार्यक्रमहरुका साथै एक वर्षे मास्टर डिग्री कार्यक्रमहरु पनि विश्वविधालयले शुरु गरेका छ । जसले ४ वर्षे स्नातक डिग्री पूरा गरेका विधार्थीहरुलाई छिटो र कठोर रुपमा स्नातकोत्तर अध्ययनमा प्रवेश गर्ने बाटो खुलेको छ ।

एमबीए, एक्ज्यूकेटिभ एमबीए, एमसीए, एम.टेक, एम.एस.सी कम्प्यूटर साइन्स, एम.एस.सी. बायोटेक्नोलोजी, एम.ए. समाजशास्त्र, एम.ए. अन्तर्राष्ट्रिय सम्बन्ध, एम.ए. अर्थशास्त्र र एल.एल.एम. जस्ता कार्यक्रमहरुद्वारा विश्लेषणात्मक सीप प्रदान गरी विश्वविधालयलाई उच्च शिक्षा क्षेत्रको प्रमुख संस्था बनाउने विश्वविधालयका अध्यक्ष प्रोफेसर के.के अग्रवाले बताए ।

उल्लेखित कोर्षहरुको भर्ना प्रकृया विश्वविधालयको आफ्नै प्रवेश परीक्षा र सार्क क्षेत्रका राष्ट्रिय स्तरका योग्यता परीक्षणहरुमार्फत गरिनुका साथै भारतका विधार्थीहरुका लागि विभिन्न परीक्षा केन्द्रहरु स्थापना गरिने जानकारी गराएका छन् । साउथ एशियन युनिभर्सिटीले उच्च शिक्षा अनुसन्धानको क्षेत्रमा लगातार नविनतम कार्यक्रमहरु ल्याउँदै विश्वभरिका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने दृढ प्रतिबद्धताका साथ अकबर भवनबाट अस्थाई रुपमा सञ्चालनमा रहेको विश्वविधालयलाई नयाँ स्थायी क्याम्पसमा स्थानान्तरण गरेको छ, जुन मैदान गढीमा १ सय एकडमा फैलिएको छ ।

नयाँ क्याम्पस स्थानान्तरण भएपछि विश्वविधालयले उच्च शिक्षा र अनुसन्धानका क्षेत्रहरुमा लगातार नयाँ कोर्षहरुबाट विश्वभरीका विधार्थीहरुलाई शिक्षा प्रदान गर्ने दृढ प्रतिबद्धताका साथ शैक्षिक र पूर्वाधारको विकासका लागि महत्वाकांक्षी यात्रा आरम्भ गरेको र आवेदनको अन्तिम मिति अप्रिल ४ रहेको साउथ एशियन युनिभर्सिटिका मिडिया अधिकारी डाक्टर ओमप्रकाश यादवले बताए । यस वर्ष विश्वविधालयले विभिन्न विभागहरुमा १ हजार ३ सय सीटहरुमा भर्ना खोलेको छ । विस्तृत जानकारीको लागि आवेदकले विश्वविधालयको वेभसाइट www.sau.int मा गएर जानकारी लिन सकिने पनि यादवले बताएका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया