नेपालगन्ज । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँले बढी हो । यस्तै चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १९७० मा बिक्री भईरहेको छ ।