नेपालगन्ज । पिकअप भ्यानले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । नेपालगन्ज-१२ बेलासपुरमा पार्किङ गरिएको भे १ च ३८९५ नम्वरको पिकअप भ्यान निकाल्ने क्रममा अनियन्त्रित भई स्थानीय बासिन्दा सञ्जय सिलवालको घरमा छिरेको थियो । सो क्रममा ६ वर्षीय बालक दृष्यसिंह बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा घर मालिक ४३ वर्षीय सञ्जय सिलवाल पनि घाइते भएको पनि प्रहरीले जनाएको छ । घाइते सञ्जयको खुट्टामा चोट छ । दुर्घटनामा घाइते ६ वर्षीया सृष्टी गौतम र ८ वर्षिय सन्जिव सिलवालको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । भ्यान चालक कोहलपुरका २३ वर्षीय सुरज थारुलाई नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।
भ्यान घर भित्रै छिरेपछि एक बालकको मृत्यु, तीन जना घाइते
