Close sidebar

नेराआवि गुरुवागाउँले गरे सरस्वतीको पुजा अर्चना

२०८१ माघ २१ गते, सोमबार २२:०४

बाँके । बाँकेको जानकी गाउँपालिका गुरुवगाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयले श्रीपञ्चमीको अवसरमा सरस्वती पूजाको पूजाआजा सोमबार सम्पन्न गरिएको छ ।प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी हेमन्त ऋतुलाई बिदा गर्दै शिशिर ऋतुको आगमनसँगै विद्यार्थीहरूलाई विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर सरस्वती पूजा औपचारिक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।

बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना सहित सूर्यको अर्चना गरी सरस्वतीको उपासना गदै विद्यालयले सरस्वती पूजा गरिरहेका छन् ।आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले शिक्षकहरुले बालबालिकाहरुसँग बसेर सांस्कृतिक कार्यक्रम रमाइलो गर्दै खुसी साँटासाट गरि सरस्वतीको मन्दीरमा पूजा आरधाना गरिएको विद्यालयका प्रधानाध्यापक संध्या शर्माले बताइन् ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।अभिभावकले आफ्ना स–साना छोराछोरीलाई अक्षरारम्भ गराउँदै विद्यालयको ढोकासम्म पुर्याएका छन भने विद्यालयले पनि विशेष अवसरका रुपमा बालबालिकालाई आजैदेखि कक्षा प्रवेश गराएका छन् । निजी विद्यालयले पनि आज बालबालिकालाई विशेष छुटका साथ भर्ना लिँदै आएका छन् ।कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, सामाजिक विकास संयोजक रामअचल धोबी, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अकबर अली सिद्दिकी, शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारीलगायत्को उपस्तिथि थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया