Close sidebar

बसन्त पञ्चमीको अवसर पारेर बाल विकास स्कुल मानपुरले मनायो भव्य वार्षिकोत्सव

२०८१ माघ २१ गते, सोमबार १९:३९

मानपुर । बाँकेको जानकी गाउँपालिका मानपुरस्थित बाल विकास इङलिस मिडियम हाई स्कुलले आफ्नो वार्षिकोत्सव तथा सरस्वती पूजा भब्य सम्पन्न गरेको छ । बसन्त पञ्चमीको अवसर पारेर स्कुलको आयोजनामा वार्षिकोत्सव तथा सरस्वती पूजा विविध कार्यक्रम गरी सोमबार सम्पन्न गरेको हो ।लुम्बिनी प्रदेश सदस्य बादशाह कुर्मीको प्रमुख अतिथी र जानकी गाउँंपालिका अध्यक्ष छब्बन खाँको विशिष्ट अतिथीमा वार्षिकोत्सव तथा सरस्वती पूजाको उद्घाटन घैटोमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा बोल्दै कुर्मीले विद्यालयले आफ्नो वार्षिक उत्सव तथा सरस्वती पुजाको अवसर पारेर विज्ञान प्रदर्शनी अवलोकन गर्दा खुशी महसुस भएको बताउनुभयो । उनले वर्षभरि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट कार्यप्रति विद्यार्थीलाई धन्यवादसमेत दिएका थिए ।यस्तै जानकी गाउँंपालिका अध्यक्ष खाँले यो विद्यालय शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा जिल्लामा दोस्रो उत्कृष्ट स्थान हासिल गरेको र विद्यालयको स्तर अझै माथी उठाउन पालिकाले आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । विद्यालय आवतजावतमा विद्यार्थीलाई कठिनाइ भएको चिन्ता व्यक्त गर्दै दुई महिनामा बाटो निर्माण कार्य अगाडि बढाउन समेत उहाँले बताए ।वार्षिकोत्सवको अवसरमा आधा दर्जनबढी व्यक्तिलाई सम्मान गर्दै विद्यार्थीले सांस्कृतिक, नृत्य र कराँतेका विभिन्न चरणहरुको प्रदर्शन समेत गरेका थिए । विद्यालय प्रांगणमा विज्ञान प्रदर्शनी स्टलसमेत बनाइएको थियो । विद्यालयका निर्देशक बिनोद कुमार वर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य प्रधानाध्यापक ओम प्रकाश वर्माले गरेका थिए भने कार्यक्रम सञ्चालन आंसिक शिक्षक आरिफ खानले गरेका थिए ।कार्यक्रममा जानकी गाउँपालिका बाँकेका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, विद्यालयका संस्थापक अब्दुल गफ्फार खान, शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारी, रामअचल धोबी, पालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादव, वडा नम्बर ४ का अध्यक्ष, रमेश कुमार वर्मा, विपद तथा वातावरण व्यवस्थापन प्राविधिक सहायक झुमी कुमारी ओली, विपद तथा वातावरण व्यवस्थापन समितीका संयोजक राजेन्द्र सिंह, समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया