Close sidebar

वडा नम्बर ८ स्थित नि:शुल्क थाईराइड शिविरमा ढेड सय बढीले लिए स्वास्थ लाभ

२०८१ माघ ५ गते, शनिबार २३:२८

कहकशाँ अन्जुम✍️
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित नि:शुल्क एक दिने थाईराइड परीक्षण शिविरमा ढेड सय बढीले स्वास्थ लाभ लिनुभएको छ ।

नेपालगन्जको महेन्द्र पार्कस्थित शहरी स्वास्थ्य केन्द्रमा शनिबार बिहान करीब साढे १० बजेदेखि शुरु भएको थाईराइड परीक्षण शिविरमा १ सय ५५ जनाले स्वास्थ्य लाभ लिनुभएको वडा नम्बर ८ का वडा अध्यक्ष रजनिस बाजपेयी (विबेक)ले जानकारी दिनुभयो ।

अध्यक्ष बाजपेयीका अनुसार पछिल्लो चरण थाइराइडका बिरामी बढ्दै गएपछि रोकथामका लागि थाईराइड परीक्षण शिविर कार्यक्रम सन्चालनमा ल्याइएको बताए । आउने दिनमा यस्ता स्वास्थ्य सम्बन्धी नि:शुल्क शिविर कार्यक्रम ल्याउँने समेत उहाँले बताउनुभयो ।

वडा नम्बर ८ को आयोजना र नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ नेपालगन्ज इकाईको सहकार्य तथा सुपर पोलिक्लिनिक नेपालगन्जको सहयोगमा थाईराइड परीक्षण शिविर गरिएको थियोे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया