रिजवान मिर्जा✍️
नेपालगन्ज । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथी भएको सांघातिक आक्रमणका विरुद्धमा आज नेपालगन्जमा कानुनी व्यवसायीहरुले विरोध गरेका छन । काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको पुर्व गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस पैरवी गरेकाे विषयमा त्रिपाठी माथी भएको सांघातिक आक्रमणको विरोधमा आइतबार कानुनी व्यवसायीहरुले विरोध गरेका हुन ।
नेपालगन्ज उच्च अदालत बार एशोसियसन तथा बाँके जिल्ला अदालत बार एशोसियसनले आयोजना गरेको विरोध कार्यक्रममा लामिछानेका समर्थक र दलका कार्यकर्ताहरुले त्रिपाठी माथी गरेकाे आक्रमण गैरकानुनी र पेशाप्रतिको हस्तक्षेप हाे । जुन कार्य निन्दनीय छ, भनी दाेषीहरुलाई अबिलम्ब कानुनी कार्वाही गरि भविष्यमा यस्तो कार्य नदाेहिरियाेस भनी कानुन व्यवसायीहरुले विरोध गरेका थिए ।
उच्च अदालत बार एशाेसिएसन नेपालगन्जका अध्यक्ष चित्र बहादुर शाहीले अगवाई गरेको कार्यक्रममा नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेशका पार्षदका उम्मेदवार अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली, वरिष्ठ अधिवक्ता लाेक बहादुर शाह, उच्च अदालत बार एशाेसिएसन नेपालगन्जका सचिव गणेश प्रसाद शर्मा लगायत वकिलहरुकाे उपस्थिति रहेकाे थियोे ।

