मो. अरशद शेष राई✍️
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा भोलि नि:शुल्क एक दिने थाईराइड सम्बन्धि शिविर गरिने भएको छ ।
वडा नम्बर ८ को आयोजना र नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ नेपालगन्ज इकाईको सहकार्यमा शनिबार एक दिने थाईराइड सम्बन्धि शिविर आयोजन गरिन लागिएको हो ।
नेपालगन्जको महेन्द्रपार्कस्थित शहरी स्वास्थ्य केन्द्रमा विहान १० बजेदेखि थाईराइड सम्बन्धि नि:शुल्क जाँच गरिने वडा नम्बर ८ का वडा अध्यक्ष विबेक बाजपेयीले जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ्य लाभ लिन महानुभावले निर्धारित समयमा उपस्थित भईदिन पनि वडाअध्यक्ष बाजपेयीले अनुरोध गर्नुभएको छ । पछिल्लो चरण थाइराइडका बिरामी बढदै गएपछी रोकथामका कार्यक्रम पनि सन्चालन हुन थालेका छन ।