Close sidebar

चिसो बढ्दै गएपछि जानकीका विद्यालय बन्द

२०८१ माघ ३ गते, बिहीबार २२:३५

मानपुर। बाँकेको जानकी गाउँपालिकाका सम्पूर्ण विद्यालय आजदेखि बन्द गरिएको छ । माघ ३ गतेदेखि माघ ७ गते सम्मका लागि जानकी गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको हो ।

केहीदिन यता चलेको सितलहर तथा चिसो अत्याधिक बढेपछि गाउँपालिकाले सम्पूर्ण सामुदायिक र मदरसाहरुमा चार दिन विदा दिइएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णा कुमारी भण्डारीले जानकारी दिनुभयो ।

शिक्षा प्रमुख भण्डारीले वातावरणीय प्रभावका कारण अत्यधिक चिसो बढ्दै गई सितलहर चलेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल राखि र पठनपाठन प्रक्रियामा असहज वातावरण सिर्जना भएकाले विद्यालयहरु बन्द गरिएको बताउनुभय।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया