काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमले आज (सोमबार) बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल प्रतिलिटर रु. २।२८ ले बढेर आएको र डिजेल रु. १।४८ ले घटेर आएकोले निगम सन्चालक समितिको निर्णयानुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाईएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटाईएको छ ।
योसँगै अब पहिलो वर्ग: चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बीरगञ्ज अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १५९।५० रुपैयाँ तिर्नुपर्छ । भने डिजेल र मट्टितेलको मूल्य १४८।५० रुपैयाँ कायम गरिएको छ ।
यस्तै दोस्रो वर्ग: सुर्खेत र दाङ्ग डिपो अन्तर्गत पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ तिर्नुपर्छ । भने डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ कायम गरिएको छ । त्यस्तै तेस्रो वर्ग: काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गत पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । भने यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको विज्ञप्तिमा उल्लेख छ ।