Close sidebar

पत्रकार महासंघ बाँकेको अध्यक्षमा गिरी निर्वाचित

२०८१ मंसिर २९ गते, शनिबार १९:२१

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा नवीन गिरी सहितको नयाँ कार्यसमिति निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनको शनिबार बिहान सम्पन्न गरिएको मतगणनामा गिरी ४८ मतान्तरका साथ बाँकेको अध्यक्षमा निर्वाचित हुनुभएको हो । गिरीले ११८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी प्रदिप वाग्लेले ७० मत प्राप्त गरेर दोस्रो स्थानमा रहनु भएको छ, भने अध्यक्ष पदका अर्का उम्मेदवार विश्वराज पछल्डङ्याले १८ मत प्राप्त गरेर पराजित हुनुभएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा तिलक गाउँले र रेजिना मल्लले बराबर १०२–१०२ मत प्राप्त गरेर आधा-आधा कार्यकाल सम्हाल्ने सहमति गर्नुभएको छ । भने महिला उपाध्यक्षमा एक मतले सावित्रि गिरीलाई पराजित गरेर करुणा शाह विजयी हुनुभएको छ । शाहले १०२ मत प्राप्त गर्नुभयो । भने गिरीले १०१ मत प्राप्त गर्नुभएको थियो । यसैगरी सचिवमा कृष्ण ओलीले १०७ मत प्राप्त गरेर विजयी हुनुभएको छ । भने शकील अहमद कादरी ९७ मत प्राप्त गरेर पराजित हुनुभएको छ ।

यस्तै कोषाध्यक्षमा सुनिल रेग्मीले १२२ मत प्राप्त गरेर ८३ मत ल्याउने बिजय मल्ललाई पराजित गर्नुभएको छ । यसैगरी सहसचिव (खुल्लातर्फ) रबिन्द्र सिंह ठकुरीले ११४ मत प्राप्त गरेर ४८ मत ल्याउने डिल्ली शाहीलाई पराजित गर्नुभएको छ । भने सहसचिव खुल्लातर्फका अर्का उम्मेदवार अमृता जैशी (निशु जोशी)ले ४५ मत ल्याएर पराजित हुनुभएको छ । त्यस्तै सहसचिव (समावेशी) भगतराम थारूले १३६ मत ल्याएर निर्वाचित हुनुभएको छ । भने तिलक नेपालीले ६५ मत ल्याएर पराजित हुनुभएको छ ।

यसैगरी सदस्यहरु: रजनी योगी (महिला), आशा परियार (दलित), निर्मला चौधरी (जनजाति), यदुराज मिश्र (मधेसी), सलामत अलि शेष (समावेशी) निर्वाचित हुनुभएको छ । भने खुल्ला सदस्यतर्फ पहल बहादुर केसी, सम्भु थारू, कृष्णराज अधिकारी, रबिन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सबित्रि बिश्वकर्मा, सजन आरसी र धना बिष्ट पनि बिजयी हुनु भएको निर्वाचन समितिका प्रमुख शरण कर्माचार्यले बताउनुभयो । उहाँको अनुसार महासंघको बाँके शाखामा जम्मा मतदाता सङ्ख्या २४२ रहेकोमा २१८ मत खसेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया