Close sidebar

बाँकेको कम्दीमा हजरत बाबा कम्मर शाह एतिहासिक मेला आजदेखि शुरु

२०८१ पुष ४ गते, बिहीबार १८:५५

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका-५ कम्दीस्थित हजरत बाबा कम्मर शाह ऐतिहासिक मेला आजदेखि शुरु भएको छ । पुस ४ देखि ८ गतेसम्म सञ्चालन हुने हजरत बाबा कम्मर शाहको सालाना उर्स (मेला) बिहिवारबाट शुरु भएको हो ।चार दिनसम्म सञ्चालन हुने मेलामा हिन्दु, मुस्लिमलगायत अन्य धर्ममा आस्था राख्नेले बाबाको मजारमा भारतबाट हजारौँ दर्शनार्थी आउने गर्छन । मेलामा सबै धर्ममा आस्था राख्नेहरुले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्त्व रहेको बताउँछन् । बाबाको मजार पुगेर आफ्नो मनोकाङ्क्षा राख्ने गरेका छन् । यहाँ राखेको मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

मेलामा बाँके र बर्दियाका नागरिकसँगै सीमावर्ती भारतकाे बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत भारतीय नागरिक मेला भर्न आउने गर्छन । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि हजरत बाबा कम्मर शाह मेला महत्त्वपूर्ण रहेको मेला व्यवस्थापन समिति अध्यक्ष झंक बहादुर थापाले बताए । उनका अनुसार कम्दीमा पर्ने हजरत कम्मर शाह बाबा मजार हिन्दु र मुस्लिम समुदायको आस्था र सद्भावको धरोहरको रुपमा छ ।

बाबाले सयौँ वर्ष पहिले यस ठाउँमा कुटी बनाएर बसेको र कम्दीलगायतका गाउँबाट गाईभैँसी चराउन आउने यादव समुदायका मानिससँग घुलमिल हुँदै गएको स्थानीय अगुवा शकील अहमद खाँले बताउनुभयो । बाबाको मजारमा पनि मुस्लिम, यादवलगायत विभिन्न समुदायका मानिसले प्रत्येक वर्ष च्यादर ओढाउने, भाकल गर्ने लगायत गर्दै आएका खाँको भनाइ छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया