Close sidebar

गुगल म्यापको भरमा बिर्माणधिन पुलबाट कार खस्दा तीनको मृत्यु

२०८१ मंसिर १० गते, सोमबार ००:०९

काठमाण्डौ । भारतको उत्तर प्रदेश राज्यमा गएराती गुगल म्यापको भरमा कार दुर्घटना भएको छ । उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा बन्दै गरेको पुलबाट कार खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

रामगंगा नदीमा फरिदपुर-बदायु्ंको दातागञ्जलाई जोड्ने अधुरो निर्माणधीन पुलबाट ट्याक्सी प्रमिट लिएको कार २५ फिट तल नदीमा खसेर चालकसहित तीनजनाले ज्यान गुमाएका हुन ।

उक्त कारमा सवार यात्रुहरुले गुगल म्यापको सहयोगमा गन्तब्यतिर गइरहँदा बन्दै गरेको पुलबाट कार नदीमा खसेको पाइएको छ । उनिहरुलाई अधुरो पुलबारे जानकारी थिएन ।

तीव्र गतिमा गुडिरहेकै कारण कार अनियंत्रित हुँदा दुर्घटना भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया