Close sidebar

ज्वाईलाई हिमालयन लाइफको जीवन बीमा उपहार

२०८१ मंसिर ९ गते, आईतवार २३:२८

नेपालगञ्ज । नेपालगञ्ज – २ घरबारीटोल निवासी टिकामणी उपाध्यायले विवाहोत्सवमा ज्वाईलाई जीवन बीमा उपहार दिनु भएको छ ।

हिमालयन लाइफ इन्स्योरन्स नेपालगञ्जमा आवद्ध टीओटी उपाध्यायले शनिवार छोरी सुलोचना रिजालको विवाहमा बुटवल १७ निवासी ज्वार्ई सन्तोष घिमीरेलाई २० लाखको बीमा पोलिसी उपहार दिनु भएको हो । सम्भावित जोखिम बहन र एकमुस्ट रकम प्राप्त हुने गरि उपाध्यायले विवाह समारोहमै उपहार स्वरुप धन सागर जीवन बीमालेख हस्तान्त्रण गर्नु भयो ।

हिमालय लाइफ इन्स्योरन्स नेपालगञ्जका प्रदेश उपप्रमुख उमेश ठाकुर, शाखा प्रमुख दिपक चालिसे, एमडीआरटीहरु माधव अधिकारी, शुक्रऋषि चौलागाई,निरज भट्ट, नुर चन्द्र धिताल, अरुण रानाभाट, दिलमाया बुढाथोकी लगायतको उपस्थितीमा बीमालेख उपहार दिइएको हो । पछिल्लो चरण विवाहमा जीवन बीमा उपहार दिने चलन बढदै गएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया